पाँचखाल– काभ्रे जिल्लाको पाँचखाल नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने एक जना सामान्य घाइते भएका छन् । प्रहरी चौकी बाुलवाका प्र.स.नि. टेकबहादुर सापकोटाका अनुसार रुखमा स्याउला काट्न जाँदा सो घट्ना घटेको थियो ।
मृत्यु हुनेमा पाँचखाल नगरपालिका वडा नं. १०, ढुंगेटार बस्ने वर्ष ५८ को काइला तामाङ रहेका छन् । करेन्ट लागेपछि बाहिरी चोट नभएको, बोल्न नसक्ने गम्भिर अवस्थामा रहेका तामाङलाई उपचारको लागि धुलिखेल अस्पतालमा लगेको थियो । साँझ ७ बजेर ५५ मिनेटको समयमा उनलाई मृत घोषणा गरेको थियो । यसैबीच सो घट्नामा परेर उनको भाइ वर्ष ४२ को कान्छा तामाङ सामान्य घाइते भएका छन् । उनको अवस्था भने सामान्य रहेको अस्पताल स्रोतजे लनाएको छ ।
उनीहरु आफ्नै बारीमा रहेको रुखमा स्याउला काट्न जादाँ रुखमा छोएको नाङ्गो तारको करेन्ट गलेको प्रहरीले जनाएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















