बनेपा– काभ्रे जिल्लामा चोरीको ल्यापटप सहित एकजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार पक्राउ पर्नेमा खानीखोला गाउँपालिका वडा नं. ६ का १९ वर्षिय रविन थोकर रहेका छन् ।

खानीखोला गाउँपालिका वडा नं. १ मा घर भइ पनौती–७ मा बस्ने राजेश गोलेको अन्दाजी ८५ हजार पर्ने डेल कम्पनीको ल्यापटप गत भदौ १३ गते चोरी भएको थियो । थोकरलाई घट्नास्थल वरिपरि जडान भएको सिसि क्यमरा फुटेजबाट पत्ता लगाएको थियो । थोकरलाई चोरीको ल्यापटप सहित बनेपा–७ बाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

थोकरलाई काभ्रे जिल्ला अदालतबाट म्याद थप गरि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।