बनेपा– नेकपा (माओवादी केन्द्र)ले देशैभरि सञ्चालन गरेको ‘जनतसँग माओवादीः विशेष रुपान्तरण अभियान’ काभ्रेमा पनि शुरु भएको छ । भदौ १६ गते पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशै भरि एकै साथ उद्घाटन गरेको अभियान जिल्लाको १ सय ३५ वटै वडामा उद्घाटन भएको जिल्ला सचिव दैवलाल घिसिङ (अनुशिल)ले जानकारी दिएका छन् ।

श्रमदान, अन्तरक्रिया, प्रशिक्षण, जनभेटघाट लगायतका कार्यक्रमका साथ जिल्लाको सबै स्थानीय तहरुमा एकै साथ अभियानको उद्घाटन गरिएको सचिव घिसिङले तेमाल अनलाइनलाई बताए ।

‘काभ्रेमा उत्साहजनक रुपमा पार्टीले अघि सारेको अभियानको उद्घाटन भएको छ । खुशीको कुरा जिल्लाको १ सय ३५ वटै वडामा अभियान उद्घाटन भएको छ ।’ उनले भने, ‘अब ३ महिना हामी जनतासँगै हुनेछौं । जनताको समस्या, आवश्यकता र भावना राम्रासँग बुझ्छौं । साँच्चिकै जनताको पार्टी बनाउन हामी लाग्छौं ।’ उनका अनुसार अभियानको पहिलो चरणमा पार्टी संगठन सुदृढ बनाउने योजना रहेकोले माओवादीहरु टोल तथा सेल कमिटी गठन, सदस्यता नविकरण, नयाँ वितरण लगायतका कार्यहरुमा लागेका छन् ।

अभियान उद्घाटनका दिन कुन पालिकामा के कार्यक्रम ?

१. धुलिखेल नगरपालिका

  • धुलिखेल नगरपालिकामा १२ वटा वडा रहेकोमा सबै वडामा अभियानको उद्घाटन कार्यक्रम भएको छ ।

  • वडा नं. १ मा सडकको कुलो सरसफाई तथा पहिरो पन्छाउने काम गरि अभियानको सररुवात गरिएको थियो ।

  • वडा नं. २ मा खानेपानीको मुहान सरसफाई गरि अभियानको उद्घाटन गरिएको थियो ।

  • वडा नं. ३ मा कुत्ताल सडक सरसफाई गरि अभियानको सुरुवात गरिएको थियो ।

  • वडा नं. ४ वडा कार्यालय वरपर तथा केयू गेट बुद्ध पार्क २८ किलो चोकसम्म सरसफाई गरियो ।

  • डा नं. ५ मा श्री खण्डपुर पुल देखि गान्दप चोक हँुदै महाकाली टोलसम्म सरसफाई गरियो ।

  • वडा नं. ६ जन स्वास्थ्य शिविर सञ्चालन गरि ८५ जना सेवाग्राहीले परिक्षण सहित औषधी लिनु भयो ।

  • वडा नं. ७ कार्यालय उद्घाटन गरि हजार सिँडी सरसफाई देखि कालीदेवी मन्दिर सम्म सरसफाई गरियो ।

  • वडा नं. ८ वडाल गाउँ भाटापोखरी सरसफाई तथा वृक्षरोपण गरियो ।

  • वडा नं. ९ विविध संस्कृतिक कार्यक्रम सहित भञ्ज्याङ पिपलबोट पोखरी आसपास सरसफाई गरियो ।

  • वडा नं. १० मा बतासे डाँडा पिपलबोट देखि कालिका स्कुल हँुदै सुडिखोला ईँटे सरसफाई गरियो ।

  • वडा नं. ११ मा फूलवारीमा किसानको बारीमा ट्रयक्टरले बाँझो जमिन जोति अभियानको शुभारम्भ गरियो ।

  • वडा नं. १२ मा शंखुफेदी पुल देखि श्री शंखेश्वरी महालक्ष्भी मावि हुँदै ईँटे सम्म सरसफाई गरि क.अनिल शर्माको शुभकामना मन्तव्य सहित अभियान आरम्भ गरियो ।

२. पनौती नगरपालिका

  • वडा नं. १ मा सहिद पार्कमा वृक्षारोपण

  • वडा नं. २ मा कुशादेवी कृष्ण मन्दिर तथा ज्येष्ठ नागरिक मिलन केन्द्र भवन सरसफाई ।

  • वडा नं. ३ मा लामाटोलको पैराले चिसोपानी धारा उत्खनन् ।

  • वडा नं. ४ मा समुदायिक चोकदेखि शंखेल चौर सम्म सडक सरसफाई ।

  • वडा नं. ५ मा कृष्ण मन्दिर सरसफाई नारा जुलुस सहित बजार परिक्रमा

  • वडा नं. ६ मा त्रिवेणी धाम तामाङ घाट सरसफाई ।

  • वडा नं. ७ मा त्रिवेणी धाम मन्दिर सरसफाई ।

  • वडा नं. ८ मा वृद्ध–वृद्धासँग भेटघाट उपाहर सहित

  • वडा नं. ९ मा वृद्ध–वृद्धासँग भेटघाट

  • वडा नं. १० मा जनताको घरदैलोमा पुगी पार्टीको अभियानको विषयमा अन्तरक्रिया छलफल ।

  • वडा नं. ११ मा बल्थली वजारको सडकपेटी सरसफाई प्लाष्टिक जन्य वस्तुको उचित व्यवस्थापनको लागि सुझाव

  • वडा नं. १२ मा दलित परिवारकोमा पुुगि पुनर्जागरण अभियानमा सरिक हुन अनुरोध

३. तेमाल गाउँपालिका

  • वडा नं. १ मा तेमाल फोहोर सरसफाई कार्यक्रम ।

  • वडा नं. २ मा पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रम ।

  • वडा नं. ३ मा अन्तरक्रियात्मक कार्यक्रम ।

  • वडा नं. ४ मा पिन्दोङ डाँडामा स्थानीयसँग अन्तरक्रियात्मक कार्यक्रम ।

  • वडा नं. ५ म फोहोर सरसफाई कार्यक्रम ।

  • वडा नं. ६ मा सडक मर्मत ताथ सरसफाई कार्यक्रम ।

  • वडा नं. ७ मा सडक मर्मत ताथ सरसफाई कार्यक्रम ।

  • वडा नं. ८ मा लम्पी स्कीन सम्बन्धी पशु स्वस्थ्य परामर्श तथा औषधी वितरण कार्यक्रम ।

  • वडा नं. ९ मा माम्ती–तित्रेटार मुक्पाटार सडक मर्मत तथा सरसफाई कार्यक्रम ।

४. नमोबुद्ध नगरपालिका

  • वडा नं. १ मा वडा कमिटीको बैठक

  • वडा नं.२ मा वडा कमिटी बैठक

  • वडा नं. ३ मा कोण सभा

  • वडा नं. ४ मा बैठक तथा सरसफाई

  • वडा नं. ५ मा बैठक तथा शहिद परिवार भेटघाट सम्मान

  • वडा नं. ६ मा जनभेटघाट

  • वडा नं.७ मा बैठक तथा मन्दिर सरसफाई

  • वडा नं. ८ मा भेटघाट

  • वडा नं. ९ मा बैठक

  • वडा नं. १० मा सरसफाई कार्यक्रम

  • वडा नं. ११ म वडा कमिटी बैठक

५. बेथानचोक गाउँपालिका

यस गाउँपालिकाबाट अभियान तयारी क्रममा विभिन्न पार्टी परित्याग गरि हाम्रो पार्टीमा प्रवेश भएका छन् । विभिन्न समयमा उहाँहरु प्रवेश हुनुभएको थियो ।

पार्टी प्रवेश गर्नेमा बेथानचोक–२ बाट गुण बहादुर गोले, शोभा सिंङ्तान (गोले), गज बहादुर तामाङ, मिठु मायाँ तामाङ, ज्ञाानु मायाँ तामाङ, सुनिता गुरागाईं, आराती तिमल्सिना र बेथानचोक–१ बाट हर्क बहादुर गोले, सुनिता थिङ, हर्क बहादुर थिङ र पार्टीमा फर्कनेमा सन्तोष बजगाई (एमालेबाट फर्र्केको) विष्णु प्रसाद तिमल्सिना (नेपाली कङग्रेसबाट फर्केको) पार्टी प्रवेशको क्रममा वडा नम्वर १ बाट १३ जना, २ बाट १३ जना, ३ बाट १६, ४ बाट ९, ५ बाट ४ जना, ६ बाट २३ जना जम्मा ८४ जना प्रवेश हुनुभएको छ ।

अभियान उद्घाटनको दिन निम्न अनुसारको कार्यक्रमहरुको आयोजना गरिएको थियो ।

  • वडा नं. १ मा गोरेटोबाटो मर्मत तथा श्री बाघभैरव माध्यमिक विद्यालयको चौर सरसफाई

  • वडा नं. २ मा गेल्डुङ् बजार सरसफाई कार्यक्रम ।

  • वडा नं. ३ मा श्री कृष्ण गोपाल मावि विद्यालयमा खानेपानीको व्यवस्थापन तथा खानेपानी मर्मत ट्या्ङकी सरसफाई ।

  • वडा नं. ४ मा गणेश मन्दिर परिसर सरसफाई कार्यक्रम ।

  • वडा नं. ५ मा कामीडाँडा खेल मैदान सरसफाई कार्यक्रम ।

  • वडा नं. ६ मा शिव पार्वती मन्दिर सरसफाई कार्यक्रम ।

६. चौरीदेउराली गाउँपालीका

  • वडा नं.१ मा क. कर्म लोप्साङ लामा र क. चन्द्र लामाको कमान्डमा सडकमा ढुङ्गा सोलिङ गरेको ।

  • वडा नं. २ मा क. धन बहादुर लामा र क. दिनेश लामाको कमान्डमा मन्दिर सरसफाई ।

  • वडा नं. ३ मा क. अञ्जित गौतमको कमान्डमा बाटोमा ढुङगा सोलिङ

  • वडा नं. ४ मा क. राम बहादुर लामाको कमान्डमा औषधी वितरण गरिएको

  • वडा नं. ५ क. रेनुका चौलागाई, क. विष्णु प्रसाद गौतम, क. अञ्जित गौतम, क. विनोद घिसिङको कमान्डमा शहिद पार्क सरसफाई

  • वडा नं. ६ मा क. शिव पन्त, क. तेज बहादुर पन्त, क. होम खुलालको कमान्डमा गोरेटोबाटो सरसफाई

  • वडा नं. ७ मा क. तारा गौतम र क. दुर्गा लामाको कमान्डमा सडकमा ढुङ्गा सोलिङ

  • वडा नं. ८ क. होम खुलाल् र क. तेजबहादुर पन्तको कमान्डमा बाटोमा ढुङ्गा सोलिङ

  • वडा नं. ९ मा क. रेनुका चौलागाई, क. राजकुमार गौतम, क. राम बहादुर लामाको कमान्डमा चौतारा निर्माण

७. भुम्लु गाउँपालिका

  • वडा नं. १ मा वडा कार्यालयको प्राङ्गणमा औपचारिक कार्यक्रम सहित वडा कार्यालयबाट गिरिटोल जानेबाटो सरसफाई गरिएको ।

  • वडा नं. २ मा औपचारिक कार्यक्रम सहित थर्पुडांडा सरसफाई गरेको ।

  • वडा नं. ३ मा औपचारिक कार्यक्रम सहित भुसि हरिसिम्ला सडक सरसफाई गरेको ।

  • वडा नं. ४ मा देविथान मन्दिर जानेबाटो बनाएको ।

  • वडा नं. ५ मा औपचारिक कार्यक्रम सहित पिपलडाँडा चौतारा र बाटो सरसफाई गरेको ।

  • वडा नं. ६ मा औपचारिक कार्यक्रम सहित उद्घाटन गरेको ।

  • वडा नं. ७ मा खानेपानीको मुहान र ट्याङकी सफा गरेको

  • वडा नं. ८ मा औपचा रिक कार्यक्रम गरि शहिद परिवार र ज्येष्ठ कम्युनिष्ट योद्धाहरु क. गोविन्द उप्रेती लगायतलाई सम्मान–पत्र सहित अभिनन्दन गरिएको ।

  • वडा नं. ९ मा एसईई पास भएको विद्यार्थीलाई सम्मान र वृक्षारोपण गरिएको ।

  • वडा नं. १० मा बृद्ध–वृद्धालाई सम्मान गरिएको

८. रोशी गाउँपालिका

  • वडा नं. १ मा वडा समितिको बैठक

  • वडा नं. १, २, ३ को संयुक्त अन्तरक्रिया (२ नं. वडामा)

  • वडा नं. ४ मा वडाको बैठक

  • वडा नं. ५ मा बैठक र अन्तरक्रिया

  • वडा नं. ६ मा बैठक र अन्तरक्रिया

  • वडा नं. ७ मा सरसफाई कटुन्जेमा

  • वडा नं. ८ मा वृक्षारोपण सरसफाई बुद्ध स्तुपा र विद्यालयमा

  • वडा नं. ९ मा मंगलटार क्याम्पस बजार सरसफाई

  • वडा नं. १० मा छलफल तथा अन्तरक्रिया (वडा कमिटीको)

  • वडा नं. ११ मा भेला भेटघाट

  • वडा नं.१२ मा वडा कार्यालय स्वस्थ्या चौकी सरसफाई भेला बैठक वृक्षारोपन

९. महाभारत गाउँपालिका

  • वडा नं. १ मा प्रशिक्षण बैठक

  • वडा नं. २ मा प्रशिक्षण बैठक

  • वडा नं. ३ मा कार्यक्रम नभएको ।

  • वडा नं. ४ मा प्रशिक्षण बैठक

  • वडा नं. ५ मा प्रशिक्षण बैठक

  • वडा नं. ६ मा प्रशिक्षण बैठक

  • वडा नं. ७ मा प्रशिक्षण बैठक

  • वडा नं. ८ मा प्रशिक्षण बैठक

१०.मण्डनदेउपुर नगरपालिका

  • वडा नं. १ मा वडा कमिटी बैठक

  • वडा नं. २ मा वडा कमिटी बैठक

  • वडा नं. ३ मा शहिद परिवार सम्मान र कार्यालय उद्घाटन

  • वडा नं. ४ मा श्रमदान र मन्दिर सरसफाई

  • वडा नं. ५ मा वडा कमिटी बैठक

  • वडा नं. ६ मा वडा कमिटी बैठक

  • वडा नं. ७ मा औपचारिक कार्यक्रम नभएको (भेटघाट)

  • वडा नं. ८ मा अभियानको विषयमा प्रशिक्षण तथा बैठक

  • वडा नं. ९ मा औपचारिक कार्यक्रम नभएको (भेटघाट)

  • वडा नं. १० मा वडा कमिटी बैठक

  • वडा नं. ११ मा राम्चे सडक सरसफाई

  • वडा नं. १२ मा कार्यक्रम नभएको ।

११. खानीखोला गाउ्रँपालिका

  • वडा नं. ७ मा श्री बुद्ध मावि, धाप्ले टोल सरसफाई र भेला प्रशिक्षण

  • वडा नं. ६ मा जनभेटघाट कार्यक्रम

  • वडा नं. ५ मा तालढुंगा जाने बाटो सरसफाई र सिंढी निर्माण, भेला तथा प्रशिक्षण

  • वडा नं. ४ मा भेला प्रशिक्षण र सडक सरसफाई तथा विभिन्न पार्टीहरु परित्याग गरेर माओवादी केन्द्रमा प्रवेश कार्यक्रम । सो दिन प्रवेश हुनेहरुमा अतिमायाँ कामी (नेपाली कांग्रेस क्रियाशील सदस्य तथा नेपाली काँग्रेसबाट २०७४ र २०७९ सालको स्थानीय तहको निर्वाचनमा वडा सदस्यको उम्मेदवार), डम्वर बहादुर गुरुङ (नेपाली काँग्रेस), मानकुमार वल (नेपाली कांग्रेस), लिलामायाँ विक रहेका छन् ।

  • वडा नं. ३ मा सडक, श्री हुनमान शक्ति प्रावि सरसफाई तथा प्रशिक्षण भेला

  • वडा नं. २ मा श्री वालविकास माध्यमिक विद्यालय सरसफाई, भैरव मन्दिर सरसफाइ, प्रशिक्षण कार्यक्रम

  • वडा नं. १ मा श्री धार्ने ज्योती माध्यामिक विद्यालय सरसफाई र प्रशिक्षण

१२. पाँचखाल नगरपालिका

  • वडा नं. १ मा भ्यू टावर सरसफाइलाई

  • वडा नं. २ मा तिनकुने हर्से चोकसम्म सरफाई

  • वडा नं. ३ मा मोठापाटी सरसफाइ

  • वडा नं. ४ मा जनजाति भवन वरपर सरसफाई

  • वडा नं. ५ मा भेला प्रशिक्षण कार्यक्रम

  • वडा नं. ६ मा प्रशिक्षण भेला

  • वडा नं. ७ मा जोर पिप्ले वरपर सरसफाइ

  • वडा नं. ८ मा सहिद बेपत्ता परिवार भेटघाट

  • वडा नं. ९ मा पलाञ्चोक भगवती मन्दिर सरसफाइ तथा श्रदालु भक्तजनलाई पानी वितरण

  • वडा नं. १० मा सडक मर्मत

  • वडा नं. ११ मा सडक मर्मत गर्ने ११ बजे

  • वडा नं. १२ मा कजवे खोलेको

  • वडा नं. १३ मा जनजागृती विद्यालय सरसफाइ

१३. बनेपा नगरपालिका

  • वडा नं. १ मा मन्दिर आसपास सरसफाई गरी कार्यक्रम गरी उद्घाटन गरियो

  • वडा नं. २ मा कृषि फर्ममा गई किसानलाई आइपर्ने समस्या र समाधानकोे विषयमा सम्बन्धीत वडा कार्यालयमा गई समस्याको सहजीकरण गरी उद्घाटन गरीयो ।

  • वडा नं. ३ मा चामुन्डा मन्दिर परिसर सरसफाई कार्यक्रम

  • वडा नं. ४ मा मन्दिर सरसफाई तथ वृक्षारोपन गरी उद्घाटन गरिएको

  • वडा नं. ५ मा वडामा अस्वस्था हुनुभएका क.रामशरण परियारलाई भेटघाट गरिएको

  • वडा नं. ६ मा गोसाईथान मन्दिर सरसफाई

  • वडा नं. ७ मा वडावासीहरु सँग अन्तरक्रिया कार्यक्रम

  • वडा नं. ९ मा वृद्ध–वृद्धा आमा बुवाहरुलाई भोजन गराई उद्घाटन गरिएकोे

  • वडा नं. १० मा खानेपानी टयाङ्की आसपास सरसफाई गरी उद्घाटन गरिएको

  • वडा नं. ११ मा धनेस्वर मन्दिर आसपास सरसफाई गरी उद्घाटन गरिएको

  • वडा नं. १३ मा वडा स्तरिय अन्तरक्रिया

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।