तेमाल– काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं. २, चुखाबेसीमा छतबाट खसेर एक बृद्धाको निधन भएको छ । प्रहरी चौकी पचुवारघाटका अनुसार निधन हुनेमा ७० वर्षकी मोतीमाया तामाङ रहेकी छिन् ।

बुधबार राती १२ शौचालय जानेक्रममा घरको छतबाट खसेपछि गम्भिर घाइते भएकी तामाङलाई प्राथमिक उपचार पछि थप उपचारको लागि धुलिखेल अस्पताल लगिएको थियो ।

प्रहरीका अनुसार आज विहान ७ बजे अस्पतालले उनलाई मृत घोषणा गरेको थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।