धुलिखेल– नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य सांसद सूर्यमान दोङ (लालध्वज)ले माओवादीहरु जनताको घर–घरमा पुगेको दावी गरेका छन् । योङ कम्युनिष्ट लिग, नेपाल तेमाल गाउँपालिका वडा नं. ९ को दोस्रो वडा सम्मेलनलाई सम्बोधन गर्दै सांसद दोङले यस्तो बताएका हुन् ।
कार्यक्रमको प्रमुख अतिथि समेत रहेका दोङले पार्टीले सञ्चालन गनरेको ‘जनतासँग माओवादीः विशेष रुपान्तर अभियान’मा लागेपछि माओवादीले चाहँदा जे पनि हुने रहेछ भन्ने कुराको प्रमाणित भएको बताए ।
‘अभियानको क्रममा माओवादीहरु जनताको घर–घरमा पुगे । माओवादीहरु खेत–खेतमा पुगे । माओवादीहरु भत्किएको सडकहरुमा पुगे ।’ उनले भने, ‘माओवादीले चाहँदा गाउँ–गाउँमा जान सक्दो रहेछ नि । माओवादीले चाहँदा सडकहरु मर्मत हुदो रहेछ । जनताको सुखदुःखमा माओवादी नै रहेछ ।’
रणनीतिक हिसाबले आफ्नो पार्टी समाजवादी क्रान्तिको तयारी गरिरहेकोब बताउँदै त्यसको आधार सामाजिक न्याय सहितको सुशासन कायम गर्ने र ४६ सालदेखि यताको भ्रष्टाचारीको फाइल खोल्न लागेको बताए ।
भ्रष्टाचार विरुद्धको अभियानले एमाले र काँग्रेस जस्तै देखियो भन्ने आरोप खण्डन भएको बताए । ‘हाम्रो पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रैष्ठको नेतृत्वमा भ्रष्टाचार बिरुद्ध अभियान चलाएको छ । निर्भिकता र निडरताका साथ यो अभियान अघि बढेको छ ।’ उनले भने, ‘काँग्रेस र एमाले जस्तै दीखियो माओवादी भन्ने आरोपको यतिखेर हामीले व्यबहारबाटै खण्डन गरिरहेका छौं ।’
उनले पार्टीले सञ्चालन गरेको अभियान सफल बनाउन युवाहरुलाई अनुरोध समेध समे गरे ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















