बनेपा– काभ्रे जिल्लाको व्यापारिक शहर बनेपामा रहेको विद्या सागर इङ्लिस सेकेण्डरी स्कुलमा हजुरबुबा हजुरआमा दिवस सम्पन्न भएको छ । विगत दश वर्षदेखि मनाइँदै आएको यस कार्यक्रमलाई यो पर्ष पनि निरन्तरता दिइएको हो ।
कार्यक्रममा सयौँको सत्यामा हजुरबुबा हजुरआमाहरूको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा विद्यार्थीहरुले पुराना लोक गीत, लोक नृत्यका साथै विभिन्न प्रतिभाहरू प्रस्तुत गरेका थिए ।
जेष्ठ नागरिकको सम्मान स्वरूप उक्त कार्यक्रमको आयोजना गरिएको स्कुलका प्रिन्सिपल हिरा शर्मा नेपालले जानकारी दिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















