तेमाल– माओवादी केन्द्र निटक युवाहरुको संगठन योङ कम्युनिष्ट लिग नेपाल, तेमाल गाउँपालिका वडा नं. ९ को दोस्रो सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले तिर्थ थोकरको अध्यक्षतामा १७ सदस्यीय वडा कमिटी गठन गरेको छ ।
सम्मेलनले उपाध्यक्षमा पासाङदोर्जे लामा, साङ्गुल लामा, सचिवमा अविरल लामा, सह–सचिवमा प्रेम लामा, कोषाध्यक्षमा सरोज लामा निर्विरोध निर्वाचित भएका छन् ।
त्यसैगरी सदस्यहरुमा दिपेश लामा, छेवाङ लामा, अनिल लामा, भिमबहादुर तामाङ, विशाल लामा, सिंगा घिसिङ, सुजन लामा, साजन लामा, राम लामा लगायत रहेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















