तेमाल– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) तेमाल गाउँपालिका कमिटीले ‘जनतासँग माओवादीः विशेष रुपान्तरण अभियान’ लाई टोल–टोलमा केन्द्रीत गरेको छ । अभियानको पहिलो चरण अन्तर्गत माओवादी केन्द्र तेमालले टोल कमिटी गठन, सेल केमिटी गठन, सदस्यता नविकरण, नयाँ वितरण गर्दै टोलटोलमा केन्द्रित भएको गाउँपालिका कमिटी अध्यक्ष लालध्वज तामाङ (समिर)ले जानकारी दिएको छ ।
भदौ १६ गते गाउँपालिकाको ९ वटै वडामा विभिन्न कार्यक्रमका साथ ३ महिने अभियान उद्घाटन गरिएको थियो । माओवादी केन्द्रले ३ महिने अभियानको लागि पार्टीको केन्द्रिय सदस्य शंकर दुलाललाई खटाएको छ ।
पहिलो चरणमा पार्टी संगठन र जवस तथा मोर्चालाई व्यवस्थित बनाउन वडा–वडाको बैठक, कार्यविभाजन, टोल कमिटीको बैठक, भेला, सदस्यता नविकरण, नयाँ वितरण लगायतका कामहरु भइरहेको अध्यक्ष तामाङले बताए । ‘हामी अहिले पार्टीलाई चलायमान बनाउन टोल–टोलमा पुगेका छौं । टोल कमिटी गठन, बैठक लगायतका काममा व्यस्त छौं ।’ गाउँ कमिटी अध्यक्ष तामाङले भने, ‘अब भदौ ३० गतेभित्र संगठानिक कामहरु सकाउँछौं । त्यसपछि हामी दोस्रो चरणको कार्यक्रममा लाग्छौं ।’
यस अघि १७ सय भन्दा बढी भएको पार्टी सदस्यता यो पटक बढ्ने अनुमान उनले गरेका छन् ।
वडा–वडामा संयोजन गर्न यी नेताहरुलाई पार्टीले खटाए
माओवादी केन्द्रले सबै वडाहरुमा अभियानलाई प्रभावकारी बनाउन जिल्ला स्तरदेखि माथिका नेताहरुलाई खटाएको छ । जिल्ला सदस्यहरु नभएमा प्रदेश कमिटीका सदस्यहरु नै खटाएको छ ।
गाउँ कमिटी अध्यक्ष तामाङका अनुसार वडा नं. १ मा गाउँपालिका कमिटी इन्चार्ज डिएम लामा, वडा नं. २ मा जिल्ला सदस्य तथा गाउँपालिका उपाध्यक्ष कल्पना लामा, वडा नं. ३ मा जिल्ला सदस्य तथा गाउँपालिका अध्यक्ष लालध्वज तामाङ (समिर), वडा नं. ४ मा जिल्ला सदस्य ताथ गाउँपालिका उपाध्यक्ष ग्याम्जो थोकर, वडा नं. ५ मा जिल्ला सदस्य खड्गाबादुर लामा, वडा नं. ६ मा जिल्ला सदस्य सार्कीमान तामाङ, वडा नं. ७ मा अनेरास्ववियू (क्रान्तिकारी)का केन्द्रि सचिवालय सदस्य दूधराज लामा, वडा नं. ८ मा जिल्ला सदस्य कुवेरसिं लामा र वडा नं. ९ मा डिएस लामालाई अभियान संयोजनको जिम्मा दिएको छ ।
यसैबीच तेमाल गाउँपालिकालाई ३ कमाण्डमा विभाजन गरिएको अध्यक्ष तामाङले जानकारी दिए । जसअनुसार वडा नं. १, २ र ३ को कमाण्ड पालिका इन्चार्ज डिएम लामाले, वडा नं. ४, ५ र ६ का कमाण्ड केन्द्रिय सदस्य शंकर दुलालले र वडा नं. ७, ८ र ९ को कमाण्ड जिल्ला संयोजक भोला अर्यालले गर्ने गरि जिम्मेवारी तोकिएको उनले जनाएकोे छ ।
टोल–टोलमा के गर्दैछन् माओवादी ?
१. २०८० भदौ १८ गते तेमाल गापा–७ जोड्ने मङ्लटार स्थित रोशी पुल तथा बाटो अनुगमन तथा जन भेटघाट कार्यक्रम सम्पन्न।
२. २०८० भदौ १९ गते तेमाल गापा–२ चुखावेशीमा टोल कमिटि भेला तथा जनभेटघाट कार्यक्रम सम्पन्न ।
३. २०८० भदौ २० गते तेमाल गापा–३ सरमथलीमा टोल कमिटि बैठक तथा जनभेटघाट कार्यक्रम स्म्पन्न ।
४. २०८० भदौ २० गते तेमाल गापा–३ चैथलीमा टोल कमिटि बैठक तथा जनभेटघाट कार्यक्रम स्म्पन्न।
५. २०८० भदौ २० गते तेमाल गापा–३ पचुवारघाटमा जनभेटघाट कार्यक्रम स्म्पन्न ।
६. २०८० भदौ २१ गते तेमाल गापा–७ काल्दरमा टोल कमिटि बैठक तथा जनभेटघाट कार्यक्रम सम्पन्न।
७. २०८० भदौ २१ गते तेमाल गापाको अभियान उद्घाटन समिक्षा बैठक सम्पन।
८. २०८० भदौ २२ गते तेमाल गापा–४ माहुरे भन्ज्याङटोलमा टोल कमिटि भेला तथा जनभेटघाट कार्यक्रम सम्पन्न।
९. २०८० भदौ २२ गते तेमाल गापा–४ माहुरे गोन्बोटोलमा टोल कमिटि भेला तथा जनभेटघाट कार्यक्रम सम्पन्न ।
१०. २०८० भदौ २२ गते तेमाल गापा–४ माहुरे दुवारटोलमा टोल कमिटि भेला तथा जनभेटघाट कार्यक्रम सम्पन्न।
११. २०८० भदौ २३ गते तेमाल गापा–४ बोल्देफेदिचेमा टोल कमिटि भेला तथा जनभेटघाट कार्यक्रम सम्पन्न।
१२. २०८० भदौ २३ गते तेमाल गापा–२ अँम्बोटेमा सेल कमिटि गठन तथा जनभेट्घाट कार्यक्रम सम्पन्न।
१३. २०८० भदौ २३ गते तेमाल गापा–९ वाइसिएल नेपालको दोश्रो वडा भेला सम्पन्न।
१४. २०८० भदौ २३ गते तेमाल गापा–५ को वडा बैठक सम्पन्न।
१५. २०८० भदौ २३ गते तेमाल–काठमाडौं सम्पर्क समितिको बैठक सम्पन्न ।
१६. २०८० भदौ २४ गते तेमाल गापा–२ तिलखोरियामा सेल कमिटि गठन तथा जनभेटघाट कार्यक्रम सम्पन्न।
१७. तेमाल गापा–६ मा निरन्तर सडक मर्मत, सरसफाई तथा जनभेटघाट कार्यक्रम ।
१८. २०८० भदौ २४ गते तेमाल गापा–२ लौखानिमा सेल कमिटि गठन तथा जन भेट्घाट कार्यक्रम सम्पन्न ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















