बनेपा– काभ्रे जिल्लाको बनेपाबाट देह व्यापार गराउने बनेपाका एक होटेल सञ्चालिका पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय, बनेपाका अनुसार पक्राउ पर्नेमा बनेपा–८ स्थित सगरमाथा गेष्ट हाउसका सञ्चालिका सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा नं. ७ घर भइ हाल बनेपा–९ बस्ने बर्ष ४५ की मनमाया तामाङ रहेकी छिन् ।

प्रहरीका अनुसार होटेल सञ्चालिका तामाङले गेष्ट हाउसमा महिलाहरुलाई विभिन्न प्रलोभनमा पारी ग्राहकहरुसँग यौनजन्य कृयाकलापमा संलग्न गराउने गरेको पाइएको छ ।

सो होटेलबाट दुई जना युवतीहरु उद्धार गरि आफन्तलाई बुझाएको प्रहरीले जानकारी दिएको छ । तामाङलाई आजै मानव बेचबिखन तथा ओसार पसार मुद्दा शीर्षकमा जिल्ला अदालत काभबाट ५ दिनको म्याद थप गरि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।