धुलिखेल– काभ्रे जिल्लाको धुलिखेल नगरपालिका वडा नं. १२, शंखुपार्टीमा रहेको मानव कल्याण समाज (सेवा घर)मा एक बृद्धा मृत अवस्थामा फेला परेको छ ।

अस्थायी प्रहरी पोष्ट काभ्रे भञ्ज्याङका अनुसार आज (सोमबार) ठेगाना नखुलेका वर्ष ७३ को चन्चलीया मुसर आफ्नै सुत्ने ओछ्यानमा मृत फेला परेको हो ।

मुसर विगत ३ वर्षदेखि सो ‘सेवा घर’मा बस्दै आएकी थिइन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।