खानीखोला– काभ्रे जिल्लाको खानीखोला गाउँपालिकाले हिन्दु महिलाहरुको पर्व तीजको अवसरमा ७ जना पुरुषलाई सम्मान गरिने भएको छ । गाउँपालिका भित्रका महिलालाई राजनीतिक तथा सामाजिक क्षेत्रमा अग्रसर हुन प्रोत्साहन गर्ने परिवारको ७ जना पुरुष सदस्यलाई प्रमाणपत्र सहित सम्मान गरिने जनाएको छ ।

गाउँपालकाको महिला बालबालिका तथा समाजकल्याण शाखाका प्रमुख यशोदा तिम्सिनाले एक सूचना जारी गर्दै यसको जानकारी दिएका हुन् ।

गाउँपालिकाले असोज १ गते तीज विशेष कार्यक्रमकाबीच सम्मान गरिने सूचनामा जनाएको छ । कार्यक्रममा तीज विशेष शुभकामना आदान प्रदान, खानीखोला गाउँपालिका भित्र कार्यरत उत्कृष्ट महिला स्वयमसेविकालाई प्रमाणपत्र सहित सम्मान गरिने, गाउँपालिका भित्र महिला तथा बालबालिकाको क्षेत्रमा स्वयमसेवा गर्ने अभियान्तालाई प्रमाणपत्र सहित सम्मान गरिने, नाच गान सहित मनोरञ्जनका साथै सामूहिक रुपमा दर खाने कार्यक्रम रहेको सूचनामा उल्लेख गरिएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।