बनेपा– काभ्रे जिल्लाको बनेपामा सेलरोटी पकाउने क्रममा अचानक ग्याँस सिलिन्डरबाट ग्याँस लिक भई आगलागी भएको छ । इलाका प्रहरी कार्यालय, बनेपाका अनुसार आज साँझ ७ बजेको समयमा बनेपा–६, बुडोलडाँडा स्थित तिर्थरमण सेढाईंको घरमा आगलागी भएको हो ।
आगोलागी हुनेवित्तिकै इलाका प्रहरी कार्यालय, बनेपामा खबर गर्न साथ आगो नियन्त्रणको लागि प्रहरी परिचालित भएको थियो । आगलागी भएपछि स्थानीयबासी, नगरपालिकाको दमकल र प्रहरीको सहयोगमा आगो पुर्ण रुपमा नियनत्रणमा आएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सो घट्नामा मानविय क्षति नभएको, पुजाको लागि राखिएको खाद्यन्न, पुजा सामाग्री र सोहि कोठाको झ्यालको सिसा फुटि रु. ५५,००० बराबरको क्षती भएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















