बनेपा- काभ्रे जिल्लाको बनेपा नगरपालिका वडा नं. ६ मा सुमोले ठक्कर दिंदा एक पैदलयात्रीलाई ठक्कर दिंदा गम्भीर घाइते भएका छन । इलाका प्रहरी कार्यालय, बनेपाका अनुसार आज बिहान ०८:३० पुरानो तरकारी बजार स्थित बनेपाबाट धुलिकेल तर्फ जादै गरेको ना १ ज ५६६१ नं. को कालो रंगको सुमोले बाटो काट्टदै गर्दा सुमोले ठक्कर दिएको हो ।
ठक्करबाट घाइते हुनेमा मन्दनदेउपुर न.पा वडा नं. ५ बस्ने बर्ष ५५ बर्षको नेत्र प्रसाद ढकाल रहेका छन ।
घाईते ढकाललाई उपचारको लागि शिर मेमोरियल अस्पताल पठाएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ढकालको दुबै खुट्टा फ्रयाक्चर भइ गम्भीर अबस्थामा रहेका छन । ठक्कर दिने सुमो र चालक नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















