पनाैती– काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका वडा नम्बर ८, सिमडाेलमा घाँस काटीरहेकी एक महिलाकाे कानकाे मुन्द्रा र सिक्री चाेरी गरिएकाे छ ।
प्रहरीका अनुसार घाँस काटिरहेकी ४८ बर्षीय महिलाको कानमा रहेको मुन्द्रा र घाँटी सिक्री चोरी गरेर उनीहरू फरार भएका थिए ।
घाँस काट्दै गरेका महिलालाई दुइ जना अपरिचित व्यक्तिले ‘यो बाटो कहाँ जान्छ’ भनेर सोधेका थिए, त्यसपछि लुटेराहरु मध्येका एक जनाले महिलाको घाँटीमा खुकुरी तेर्स्याएर, महिला कराउन थालेपछि कराउछेस भन्दै मुखमा कपडा कोचेर कानको मुन्द्रा र सिक्री चोरी गरेको प्रहरीले जनाएको छ । लुटेरा समूहको खोजी भैरहेको ईलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















