धुलिखेल– काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं. ६, ठूलोपर्सेल स्थायी घर भएको एमाले कार्यकर्ता सत्यमान लामालाई प्रहरीले पक्राउ गरेको छ । लामालाई बैंकिङ कसूरको आरोपमा उच्च अदालत पाटनबाट पक्राउ पुर्जी जारी भएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
राम तिवारी नामको एक व्यापारीले उनलाई बैंकीङ कसुर सम्बन्धी मुद्दा दायर गरेपछि ‘गुण्डा नाइके’ समेत भनेर चिनिएका लामालाई भक्तपुरको ठीमीबाट आज पक्राउ गरेको जनाएको छ । प्रहरीले पक्राउ गरेपछि उनलाई कमल पोखरी प्रहरी बृत्तमा राखेको स्रोतले बताएको छ ।
लामा यसअघि पनि गुण्डागर्दी, बैंकीङ कसुर, बुत्तचित्त माला लुटेको आरोपमा पटक पटक पक्राउ परेका व्यक्ति हुन् । उनी हाल एमाले निकट युवा संघ, नेपालकाे केन्द्रीय सदस्य समेत हुन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















