महाभारत– काभ्रे जिल्लाको महाभारत गाउँपालिका वडा नं. ३ का वडा सदस्य बाबुलाल मोक्तानको निधन भएको छ । पारिवारिक स्रोतका अनुसार उनको निधन शनिवार भएको हो ।

४२ बर्षीय वडा सदस्य मोक्तान विगत केही वर्षदेखि आन्द्राको रोगी रहेको र उपचारको क्रम शनिबार बनेपमा निधन भएको जनाएको छ ।

मोक्तान नेपाली कांग्रेस पार्टीबाट स्थानीय तह निर्वाचन–२०७९ मा निर्वाचित भएको थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।