धुलिखेल– बैंकीङ कसुरमा पक्राउ परेको काभ्रे जिल्ला तेमाल गाउँपालिका वडा नं. ६, ठूलोपर्सेलका एमाले कार्यकर्ता सत्य लामा रिहा भएको छ । शनिवार भक्तपुर स्थित ठिमी प्रहरीले लामालाई पक्राउ गरेको थियो ।

काठमाडौं जिल्ला अदालतले आज ५ लाख रुपैयाँ धरौटी लिई रिहा गर्न आदेश दिएको जाहेरीवाला रामुकुमार तिवारीले जानकारी दिएको छ । तिवारीले लामा विरुद्ध ३० लाख रुपैयाँ बराबरको बैंकीङ कसुर मुद्दामा गत साउन १२ गते जाहेरी दिएका थिए ।

लामा यसअघि पनि गुण्डागर्दी, बैंकीङ कसुर, बुत्तचित्त माला लुटेको आरोपमा पटक पटक पक्राउ परेको र धरौटी बुझाउँदै रिहा हुँदै आएका व्यक्ति हुन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।