राेशी- काभ्रे जिल्लाकाे राेशी गाउँपालिका वडा नम्वर ३ शिखरका एक युवा माथि अपरिचि ब्यक्तिहरुले रड प्रहार गरी घाइते बनाएकाे छ । प्रहरी चाैकी खहरेपाँगुका अनुसार बुधवार राती ८ बजे साे वडाका बर्ष ३६ को संगम श्रेष्ठलाई अपरिचित ब्यक्तिहरुले रड प्रहार गरेका हुन् ।

श्रेष्ठ साेही स्थानमा रहेकाे होटलमा खाजा खाने क्रममा अपरिचित ब्याक्तिहरुले रड्ले टाउकोमा प्रहार गरेकाे प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाईते संगमका दाई माइन श्रेष्ठले उपचारको लागी काठमाण्डौ बिर अस्पतालमा लगिएको थियाे । उनको उपचार भईरहेकाे पारिवारिक स्रोतले जनाएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।