महाभारत– काभ्रे जिल्ला महाभारत गाउँपालिकाका एमाले कार्यकर्ताहरुले पार्टी परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश भएका छन् । बुधवार नेपाली काँग्रेस महाभारत गाउँपालिका कार्यसमितिले बनेपामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा एमाले कार्यकर्ताहरु काँग्रेस प्रवेश भएका हुन् ।
काँग्रेस प्रवेश हुनेहरुमा एमाले महाभारत गाउँपालिकाका सल्लाहकार समितिका सदस्य राम बहादुर पुलामी, स्थानीय तहको निर्वाचनमा एमालेबाट महिला सदस्य उम्मेदवार बनेकी फुलमाया थिङ, कान्छामान थिङ, गगांमान थिङ, लाल बहादुर थिङ, प्रविन थिङ र सुविन थिङ रहेका छन् ।
नवप्रवेशीहरुलाई कनेपाली कांग्रेस कभ्रेका सभापति तथा बागमती प्रदेश सरकारको खानेपानी, उर्जा तथा सिंचाई मन्त्री तिर्थ लामा, नेपाली कांग्रेस काभ्रे जिल्ला प्रदेश सभा १ कार्यसमितिका सभापती राम योन्जन र नेपाली कांग्रेस महाभारत गाउँपालिका सभापती सागर मोक्तानले अविर र खदा लगाई स्वागत गरेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















