चौंरीदेउराली– काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकाले विद्युतीय माध्यमबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ । गाउँपालकाको प्रमुख प्रशासकीय अधिकृत महान दास लामाले विहिवार एक सूचना जारी गर्दै सो कुराको जानकारी दिएका हुन् ।

सामाजिक सुरक्षा भत्ता वितरण प्रणालीलाई सरल, सुदृढ र पारदर्शी बनाउने उद्देश्यले चालु आ.व. २०८०/०८१ देखि विद्युतीय माध्यम मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत लामाले जानकारी दिए । लामाका अनुसार आ.व. २०८०/०८१ को दोस्रो त्रैमासिक देखि अनिवार्य रुपमा विद्युतीय माध्यम मार्फत वितरण गर्न लागेको हो ।

उनले सबै वडाहरुलाई सम्बोधन गर्दै कार्यान्वयनको लागि आवश्यक प्रक्रिया पूरा गर्न समेत अनुरोध गरेको छ । सोको लागि लाभग्राहीहरुको नाम, नागरिकता नं., जारी मिति, जारी गर्ने जिल्ला, तीन पुस्ते विवरण र सम्पर्क नं. अद्यावधिक गरी नागरिकता प्रमाणपत्रको स्क्यान कपी र फोटो प्रणालीमा अपलोड गर्न र सम्पूर्ण लाभग्राहीको बैंक खाता अद्यावधिक गर्न आफू मतहातका कार्यालयलाई निर्देशन समेत दिएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।