चौंरीदेउराली– माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिष्ट लिग नेपाल चौंरीदेउराली गाउँपालिका स्तरीय दोस्रो भेला सम्पन्न भएको छ । आज काठमाडौंमा सम्पन्न भएको भेलाले बसमान घिसिङको अध्यक्षतामा ६५ सदस्यीय गाउँपालिका कमिटी चयन गरेको छ ।
भेलाले उपाध्यक्षमा प्रलाद चौंलागाईं, च्याङबा लामा, शिला मोक्तान, सचिवमा सुनिल गौतम, सह–सचिवमा निश्चल मोक्तान तामाङ, धनजीत लामा, राजन रसाईली, बलराम चौंलागाईं, इराक लामा र कोषाध्यक्षमा सरोज ढकाल निर्विरोध चयन भएका छन् । त्यसैगरि सदस्यहरुमा वडा नं. १ बाट चन्द्र लामा, विशाल तामाङ, संसार सिं घिसिङ, अनिल तितुङ, मानबहादुर तामाङ, वडा नं. ३ बाट अनिल तामाङ, असमान घिसिङ, विक्रम चौंलागाईं, सरोज तामाङ, अर्पणा आपागाईं, अनिल तामाङ योञ्जन, राजिब तामाङ, गोपाल सुनार, वडा नं. ८ बाट कुमार चौंलागाईं, प्रेम पहरी, अनिल पहरी, ओमबहादुर माझी, डिलबहादुर तामाङ, दिपक गौतम, वडा नं. ५ बाट केशव गौतम, यादव गौतम, विनोद गौतम, सन्तोष गौतम, हरि ढकाल, सरोज ढकाल, अञ्जित ढकाल (राम ढकाल), राजन रसाइली, हरेराम गौतम, मुकुन्द रसाइली, सरोज गौतम, बिनोद चौंलागाईं, दिपेश ढुंगाना, बलराम गौतम, वडा नं. २ बाट आशिष लामा, विजय मगर, मिकमार लामा, देवराज मोक्तान, वडा नं. ६ बाट, श्याम गौतम, निर्मल परियार, भोला गौतम, विरेन्द्र दुलाल, राजकुमार सेन ठकुरी, कृष्ण चौंलागाईं, वडा नं. ९ बाट, वेदहरि चौंलागाईं, रामबादुर तामाङ, राजन लामा, निरन्जन लामा, वडा नं. ४ बाट दिपेन्द्र सापकोटा, गणेश चौंलागाईं, फेमस परियार, बिनोद तामाङ, अनिता घतानी, प्रकाश सापकोटा वडा नं. ७ बाट इन्द्र लामा, श्याम लाल लामा, पेमा लामा, चमार सिं तामाङ, माइला लामा रहेका छन् ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा माओवादी केन्द्रका केन्द्रिय सदस्य सूर्यमान दोङ, अतिथिहरु केन्द्रिय सदस्यहरु रत्न ढकाल, दिननाथ गौतम, जिल्ला सह–इन्चार्ज रेणुका चौंगालागाईं, पालिका अध्यक्ष तेज पन्त, उपाध्यक्ष अञ्जित गौतम, सचिव विनोद घिसिङ, जिल्ला सदस्य कर्मलोप्साङ लामा, वाइसिएलका केन्द्रीय सचिव अबिलास लामा, जिल्ला सदस्य राजु आले तामाङ लगायतका अतिथिहरुको सहभागी थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















