पाँचाखाल– काभ्रेको पाँचखालमा विभिन्न पार्टी परित्याग गरि करिब २ दर्जन नेता तथा कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । शनिबार पाँचखालमा आयोजित जनतासँग माओवादी विशेष रुपान्तरण अभियान, जन–जनमा माओवादी घर–घरमा माओवादी अभियान अन्तर्गत पाँचाखल नगर स्तरीय प्रशिक्षण कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गराएका हुन् ।
काभ्रे जिल्लाको पाँचखाल नगरपालिकामा नेकपा माओवादी केन्द्रमा नेकपा एमाले नगर कमिटी सदस्य तथा जनजाती महासंघ काभ्रेका कोषाध्यक्ष हरिगोपाल दुनुवार, क्रान्तिकारी माओवादी जिल्ला कमिटी सदस्य प्रकाश विंसुखे सहित २२ जना बढी नेता तथा कर्याकर्ता प्रवेश गरेका छन् ।
माओवादी केन्द्रका वैकल्पिक केन्द्रिय सदस्य रविन्द्र प्रसाद श्रेष्ठ, बागमती प्रदेश अध्यक्ष सरल सहयात्री, जिल्ला समन्वय समिति काभ्रेका सचिव दैवलाल घिसिङले नवप्रवेशीहरुलाई खादा र टिका लगाएर पार्टीमा स्वागत गरेका छन् ।
प्रवेश हुनेमा दनुवार र विंसुखेसँगै एमालेका पाँचखाल नगर कमिटी सदस्य अनिता गौतम, चन्द्र प्रसाद अधिकारी, नेपाली कांग्रेसका नगर कमिटी सदस्य रामकृष्ण गौतम (छविलाल), राप्रपा नगर कमिटी सदस्य छेवाङ लामा रहेका छन् ।
त्यस्तै एमालेका हरि बहादुर श्रेष्ठ, महेश श्रेष्ठ, कुमार विंसुखे, मंगली पहरी, अन्जु पहरी, सलिनी पहरी, उद्धव पहरी, रुपक पहरी, गोपाल वि.क, सुजन पहरी, युवराज पहरी, राज कुमार पहरी, मंगल विंसुखे, कांग्रेसका हर्क लामा, सोनाम लामा, स्वतन्त्रका सागर लामा लगायत तीन दर्जन बढी नेता तथा कार्यकता पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेको छ ।
नवप्रवेशीसहितका कार्यकतालाई माओवादी केन्द्र बागमती प्रदेश अधयक्ष सरल सहयात्री र माओवादी केन्द्र काभ्रेका सचिव दैवलाल घिसिङ (अनुशिल)ले प्रशिक्षण समेत दिएका छन् ।
कार्यक्रममा माओवादी केन्द्र बागमती प्रदेश कमिटी सदस्य विष्णु मिजार, सरस्वती लामा (कविता) लगायतका नेता कार्यकर्ताहरु सहभागी थिए ।
नवप्रवेशी हरिगोपाल दनुवारले देश र जनताको मुक्तिको लागि लड्ने पार्टी माओवादी केन्द्र मात्रै भएकोले आफु लगायत तीन दर्जन बढी प्रवेश गरेको बताए । नवप्रवेशीहरुले देशको परिवर्तन माओवादी केन्द्रको नेतृत्वमा बाहेक अरु दलबाट सम्भव नदेखिएको माओवादीमा एकताबद्ध हुनुको विकल्प नरहेको बताए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















