बेथानचोक । बेथानचोक गाउँपालिकामा ४ दिने दाँत शिवीर सञ्चालन भइरहेको छ ।

जेठ २४ देखि २७ गते सम्म सञ्चालन हुने यो शिविर वडा नं २ को ढुंर्खक स्वास्थ्य चौकीमा संचालन हुने बेथानचोक गाउँपालिकाले तेमाल अनलाईनलाई जानकारी दिएको छ ।

शिविर संचालनका लागि भोलन्टियर फर लाइफ रोमानिया र कोल्डफिट एडभेन्चर नेपालको प्राविधिक सहयोग रहेको छ ।


शिविरमा विरामीहरुको दाँत परिक्षण, दाँत सफा गर्ने, दाँत निकाल्ने र दाँत भर्ने कार्य हुने आयोजकले जनाएको छ ।

शिविरमा सहयोगी संस्थाले ढुंखर्क स्वास्थ्य चौकीका लागि दन्त उपचारका लागि आवश्यक पर्ने उपकरणहरु हस्तान्तरण गरेका थिए ।

Comments

comments