धुलिखेल– काभ्रे जिल्लाको भुम्लु गाउँपालिका वडा नं. १० चौउन्न किलो स्थित अरनिको राजमार्गमा सवारी दुर्घट्ना हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरी चौकी दोलालघाटका अनुसार शनिवार जिरोकिलोबाट दोलालघाट तर्फ आउदै गरेको बा.प्र. ०१–००३ क ९४५९ नं. को खाली टिफर र बिपरित दिशाबाट जाँदै गरेको बा ६९ प ५४७९ नं को मोटरसाइकल बिच एक आपसमा ठक्कर खाई दुर्घट्ना भएको थियो ।

दुर्घट्नामा मोटरसाइकल चालक मण्डन देउपुर नगर पालिका वडा नं. ११ बस्ने बर्ष ३६ को प्रेम कुमार वाईवा रहेको प्रहरीले जनाएको छ । दुर्घट्नाबाट मोटरसाइकल चालक वाईवा गम्भिर घाईते भई उपचारको लागि धुलिखेल अस्पताल लगिएको थियो ।

उपचारकै क्रममा वाइबाको मृत्यु भएको जनाएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।