बेथानचोक । बेथानचोक गाउँपालिका स्थित पार्वती मा.वि ढुंखर्कलाई रोमानियाका लाइफ भोलेन्टियरहरुले ९ थान ल्यापटप सहित विभिन्न शैक्षिक सामग्रीहरु सहयोग गरेका छन् ।

गत वर्ष नेपाल सरकारबाट नमूना विद्यालयको रुपमा पुरस्कृत भएको विद्यालयलाई प्रविधि मैत्री बनाउन यसरी सहयोग गरेको जनाएको छ ।

उनीहरले ५ दिनसम्म विद्यालयमै भोलन्टियर सेवा प्रदान गर्दै प्राथमिक तहका कक्षाकोठालाई रङ्ग्याउने कार्य गरिरहेका विद्यालयका प्रधानाध्यापक गोविन्द प्रसाद शर्माले बताए ।

५ दिनसम्म उनीहरुले विद्यार्थीहरुका लागि विज्ञान भूगोल, कला मनोविज्ञान, कम्प्युटर साइन्स, खेलकुद लगायतका विषयमा कक्षा संचालन गर्ने शर्माले जानकारी दिए ।

Comments

comments