तेमाल- काभ्रे जिल्लाको तेमाल गाउँ पालिका वडा नं. २ मा खेतमा पानी हाल्ने निउमा झगडा हुँदा ७६ वर्षिय एक वृद्ध घाइते भएका छन । प्रहरी चौकी तिमालवेशीका अनुसार घाइते हुनेमा ७६ वर्षिय डिलबहादुर भन्डारी रहेका छन ।

आज दिउँसो करिब २ बजे सोही वडा बस्ने चन्द्रध्वज तामाङ र डिल ब.भण्डारी बिच खेतमा पानि हाल्ने बिषयलाई लिई झै-झगडा भएको प्रहरीले जनाएको छ ।

झगडा हुदाँ चन्द्रध्वजले निज डिल बहादुरलाई कुटपिट गरी घाईते बनाएको थियो । कुटपिटबाट डिलबहादुरको दाहिने हात भाँचिएको छ । उनलाई उपचारको लागि तत्काल धुलिखेल अस्पतालमा लगिएको थियो । उनको अबस्था सामान्य रहेको छ भने कुटपिट गर्ने चन्द्रध्वज फरार रहेको र उनको खोजिनिती भइरहेको प्रहरीले जनाएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।