महाभारत– काभ्रे जिल्लाको महाभारत गाउँपालिका वडा नं. २ बस्ने शुकबहादुर योञ्जनको गोठमा आगलागी हुँदा लाखौंको क्षति भएको छ ।

सोमबार साँझ ७ बजे काठले बनेको जस्ताले छाएको दुईतले गोठमा आगलागी भएको थियो ।

ईलाका प्रहरी कार्यालय, गोकुलेका अनुसार गाई गोठको अगेनामा बालिराखेको आगो सल्कन गई आगलागी भएको थियो । आगलागीबाट गोठ पूर्णरुपमा नष्ट भएको छ । उक्त घट्नाबाट गाई गोठमा रहेको अन्नपात समेत गरी तीन लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।