अशोक बुद्ध लामा
रोशी– काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं. ११ निवासी युवा व्यवसायी एवं समाजसेवी अजय बुद्ध लामाले आफ्नो जन्म दिनको अवसरमा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेका छन् ।

मंगलवार सो वडामा रहेको श्री शान्तिबुद्ध आधारभूत विद्यालयका कक्षा १ देखि ५ का विद्यार्थीहरुलाई सो सामाग्री वितरण गरेका हुन् ।

लामाले विद्यार्थीहरुलाई ट्रयाक सुट ३२ वटा र विभिन्न स्टोशनरी सामाग्रीहरु वितरण गरेका थिए । वितरण पछि विद्यर्थाीहरुलाई भोजको समेत आयोजना गरेको थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।