धुलिखेल– काभ्रे जिल्लाको विभिन्न स्थानमा भएको सवारी दुर्घट्नामा १ जनाको मृत्यु र २ जना घाइत भएका छन् । प्रहरीका अनुसार एक घट्ना मंगलबार साँझ ७ बजे भएको थियो भने एक घट्ना आज विहान ४ बजे भएको थियो ।
इलाका प्रहरी कार्यालय बनेपाका अनुसार मंगलबार बनेपा नगरपालिका वडा नं. ७ धनेश्वर गेट नजिकै बनेपाबाट पनौती तर्फ जादै गरेको बा.८४ प ६९५९ नं.को मोटर साइकललाई बिपरीत दिशा बाट आउदै गरेको बा.४ ख. ९९७५ नं.को टिफरले ठक्कर दिँदा मोटरसाइकल चालक रोसी गाउँपालिका वडा नं. ८ खार्पाचोक घर भएको बर्ष ३९ को सिद्धि कुमार लामाको मृत्यु भएको छ ।
दुर्घटना पछि मोटरसाइकल चालक लामा घाईते भई उपचारको लागी सिरमेमोरीयल अस्पताल बनेपामा उपचारको लागि पठाइएको थियो । इलाका प्रहरी कार्यालयका अनुसार घाइते लामाको टाउकोमा गम्भिर चोट लागेको बनेपामा उपचार सम्भव नभएपछि थप उपचारको लागि अन्नपुर्ण न्युरो अस्पताल काठमाण्डौ रिफर गरिएको थियो । उनको आज विहान ५ः२० बजे डाक्टरले मृत घोषणा गरिएको थियो । प्रहरीले हिजै टिफर, टिफर चालकलाई नियन्त्रणमा लिई आवश्यक कार्वाही अगाडि बढाउन लागेको बताइएको छ ।
यसैबीच आज बिहानै ४ बजेको समयमा धुलिखेल नगरपालिका वडा नं. ११ पात्लेखेत मा पनि सवारी दुर्घट्ना भएको छ । प्रहरी चौकी काभ्रे भञ्ज्याङका अनुसार रामेछापबाट काठमाण्डौ आउँदै गरेको बागमति प्रदेश ०१–०२५च २८१४ नंं. को कुखुरा बोक्ने बोलेरो सडकबाट ३०० मिटर तल खस्न गई सवारी दुर्घटना हँुदा सोहि गाडिमा सवार दुई जना घाइते भएका छन् ।
घाइते हुनेहरुमा रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नं. ३ बस्ने बर्ष २०को किशोर थापा र २४ वर्षिय बिष्णु बरुवाल रहेका छन् । थापाको निधार, टाउको, खुट्टामा चोट लागेको छ भने बरुवालको सामान्य चोटपटक लागेको छ । दुवैको अवस्था सामान्य रहेको जनाएको छ । उनीहरुको उपचारको लागि धुलिखेल अस्पतामा लगिएको प्रहरीले जनाएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















