पाँचखाल– काभ्रे जिल्लाको पाँचखाल नगरपालिका वडा नं. ३ काफ्लेफेदी स्थित अरनिको राजमार्गमा मिनि टिफरले पैदलयात्रीलाई ठक्कर दिएको छ ।
प्रहरी चौकी पाँचखालका अनुसार बुधबार राती ११ बजे धुलिखेलबाट पाँचखाल जाँदै गरेको बा २ क २८३२ नं. को मिनि टिफरले पैदल यात्रीलाई ठक्कर दिंदा गम्भिर घाइते भएका छन् ।
घाइते हुनेमा सोही स्थान बस्ने वर्ष ३५ को मादप भण्डारी रहेको प्रहरीले जनाएको छ । भण्डारीको टाउकोमा चोट, बाँया खुट्टा फ्याक्चर भएको जनाएको छ ।
टिफर घट्नास्थलमै छोडेर चालक भने फरार रहेको छ । चालकको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















