धुलिखेल– काभ्रे जिल्लामा बुद्धचित्त माला धनी आफैले बेचेको बुद्ध चित्त माला लूटपाटको अरोपमा माला धनी पक्राउ परेका छन् । आफ्नै रुखको बुद्ध चित्त माला बचेको केही समयपछि व्यापारीबाट बीचबाटैमा लुटपाट गरी फरार भएको आरोपमा उनलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रोशी गाउँपालिका वडा नं. ६, सिपालीका शेरबहादुर तामाङ रहेका छन् । उनलाई प्रहरी बृत्त ठीमीले पक्राउ गरिएको थाहा भएको छ ।
यसरी लुटेका थिए माला
तेमाल र तेमाल आसपासको क्षेत्रमा मात्र पाईने बहुमुल्य बुद्धचित्त माला मध्य रोशी–६, सिपालीमा रहेको मालाको चर्चा वर्षै पिच्छे निक्कै हुनेगर्दछ । सोही मालका धनी हुने शेरबहादुर । पक्राउ परेका शेरबहादुरले २०७९ कार्तिक २ गतेका दिन तेमाल गाउँपालिका वडा नं. ६ निवासी मानबहादुर तामाङ (सिजन)सँग माला किनबेचको संझौता गरिएको थियो ।
संझौता अनुसार गत २०८० साल साउन ११ गते शेरबहादुर समेतको सहभागीतामा व्यापारी मानबहादुरको प्रतिनिधि सत्यम लिम्बु माला टिप्न पुगेका थिए ।
सोही दिन टिपेर सिपालीबाट माला लिएर शेरबहादुर पनि सत्यम लिम्बुसँगै आएका थिए । सँगै आएका शेरबहादुरले मान बहादुरको प्रतिनिधि लिम्बुलाई भक्तपुर लोकन्थली चोकमा आइपुगेपछि अर्को गाडीमा बस्नु भनेर गाडीबाट झारे पछि माला रहेको दुवै गाडी लिम्बुलाई छाडेर भागेका थिए । सो गाडीमा को–को थिए भन्ने कुरा लिम्बुले बताउन चाहेनन् । आफूले प्रहरीलाई भने सबै जानकारी दिएको लिम्बुले बताए ।
फरार भएपछि लिम्बुले मान बहादुरलाई जानकारी गराएपछि शेरबहादुर समूहसँग बिभिन्न चरणमा छलफल र वार्ताहरु भए पनि माला भने फिर्ता गरेनन् ।
फिर्ता नगरेपछि शेरबहादुर लगायतका विरुद्ध मानबहादुरले ठगी मुद्दामा प्रहरी बृत्त ठीमीमा किटानी जाहेरी दिएका थिए ।
शेर बहादुर तामाङ पक्राउ परेपछि उनीसँग संलग्न व्यक्तिहरु भने फरार रहेको थाहा भएको छ । फरार रहेका व्यक्तिहरुको नाम भने प्रहरीले पनि सार्वजनिक गरेको छैन । प्रहरीले यो घट्नाकोबारेमा अनुसन्धान गरिरहेको जनाएको छ ।
फरार रहेको व्यक्तिहरु राजनीतिक दलका ठूला नेताहरुको संरक्षणमा हुन सक्ने अनुमान गरिएको छ । यो माला लूटपाटमा धेरै जना संलग्न रहेको स्रोतको दावी छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















