काठमाडौं– विभिन्न पहिचान पक्षधर आदिवासी जनजाति संघसंस्थाहरू बैठक काठमाडौंमा आज सम्पन्न भएको छ । बैठकले सबै प्रदेशमा आदिवासी जनजाति आन्दोलनको विस्तार गर्न तयारी थाल्ने निर्णय गरिएको छ ।

बैठकमा नेपाल मगर संघ, थारू कल्याणकारिणी सभा, नेपाल तामाङ घेदुङ, नेवाः देय दबू, तमु ह्युल छौज धिं, किराँत राई यायोक्खा, किराँत याक्थुङ चुम्लुङ र ताम्सालिङ संयुक्त संघर्ष समिति सहभागी भएको नेपाल तामाङ घेदुङका संघीय अध्यक्ष मोहन गोले तामाङले जानकारी दिए ।

अध्यक्ष तामाङका अनुसार बैठकले प्रदेश नं. १ मा चलिरहेको आन्दोलनप्रती एक्यबद्धता सभा आयोजना गर्ने निर्णय गरेको छ । सो सभा पूर्वको इटहरीमा आयोजना गर्ने उनले जानकारी दिए । त्यसैगरी बैठकले काठमाडौंमा दबाब सभा आयोजना गर्ने, विभेदकारी शिक्षा विधेयकविरुद्ध शिक्षामन्त्रीलाई ज्ञापन पत्र बुझाउने र निरन्तर छलफल, बैठक बस्दै सबै प्रदेशमा आदिवासी जनजाति आन्दोलनको विस्तार गर्ने तयारी गर्ने निर्णय गरेको छ ।

आजको बैठक नेपाल तामाङ घेदुङले व्यवस्थापन र संयोजन गरेको थियो भने अर्को बैठक बैठकको संयोजन किरात राई यायोक्खाले व्यवस्थापन गर्ने निर्णय पनि गरेको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।