धुलिखेल– काभ्रे जिल्लाकाे पनौती नगरपालिका वडा नम्बर ५, चौकोटबाट जुवातास खेलीरहेका ८ जना पक्राउ गरेकाे छ । उनीहरुलाई शुक्रवार राती पक्राउ गरिएकाे प्रहरीले जनाएको छ ।
चाैकोट स्थित घनश्याम अधिकारीको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार उनीहरुकाे साथबाट नगद ५५ हजार ९९० रुपैयाँ र एक बुक तास समेत बरामत गरिएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















