भुम्लू– काभ्रे जिल्लाको भुम्लु गाउँपालिका वडा नं. ८ वनदेउ स्थित अरनिको राजमार्गमा सवारी दुर्घटना भएको छ । प्रहरी चौकी दोलालघाटका अनुसार बिहान ९:३० बजे दुर्घटना भएको हो ।

घाइते हुनेहरुमा मोटर साइकल चालक सिन्धुपाल्चोक बलेफी गा.पा ३ बस्ने वर्ष ४२ को डुक दोर्जे तामाङ र बलेफी-१ बस्ने वर्ष ४२ को गंगाप्रसाद श्रेष्ठ रहेका छन ।

प्रहरीका अनुसार सिन्धुपाल्चोकबाट दोलाल तर्फ आउदै गरेको बा ३ ख ७३४६ नं.को ब्लक बोकेको लोड टिफर र विपरित दिशाबाट जादै गरेको बा ९१ प ५५१३ नं.को मो.सा.एक आपसमा ठक्कर खाएको थियो ।
घाईते दुवैजनाको उपचार धुलिखेल अस्पतालमा भैरहेको प्रहरीले जानकारी दिएको छ ।

टिफर, टिफर चालक र मो.सा. प्रहरी चौकी दोलालघाटले नियन्त्रणमा लिएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।