काभ्रेको एक घरमा भिषण आगलागी, लाखौंको क्षति

चौरीदेउराली- काभ्रे जिल्लाको चौरीदेउराली गाउँपालिका वडा नं. ५ राम्चेमा बिद्युत सर्ट भइ आगलागी हुँदा एकजना घाइते हुनुको साथै लाखौ क्षेती भएको छ । प्रहरी चौकी ढाडखर्कका अनुसार आज बिहान करिब १० बजेअको समयमा आगलागी भएको थियो ।

आगलागीबाट चौरीदेउराली गा.पा ५ राम्चे बस्ने जिवन नाथ गौतम आगो निभाउने क्रममा घाइते भएको प्रहरीले जनाएको छ । आगलागीबाट गौतमको ढुङ्गा, माटो र काठले बनेको दुई तले कच्ची घर नष्ट भएको प्रहरीले जनाएको छ ।

स्थानिय र प्रहरीकको सहयोगमा आगो पुर्ण रुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ् । आगलागीबाट ३० लाख बराबरको क्षती भएको प्रहरीले जनाएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।