काठमाडौं– काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं. ८ स्थायी घर भएका बुद्धचित्त माला व्यापारी तथा समाजसेवी देवसिं तामाङलाई अपहरण गर्ने २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रोशी गाउँपालिका वडा नं. ६ निवासी डन भनेर चिनिने भोजे भन्ने भोज लामा र तेमाल गाउँपालिका वडा नं. ७ का असलाल लामा रहेका छन् ।
बुद्ध चित्त मालामा कमिसन मागेपछि देवसिंले इन्कार गरेको भन्दै उनलाई अपहरण गरिएको बताएको छ । दुवैजनालाई प्रहरी बृत्त चक्रपथले पक्राउ गरेको जनाएको छ ।
कमिसनमा कुरा नमिलेपछि आफूलाई अपहरण गरेको देवसिंले जानकारी दिएका छन् । आफूलाई भोजे र असलालले आज साँझ ५ बजे बा २ ज २६७३ नम्बसरको ट्याक्सीमा ठिमीबाट जवर्जजस्ती उठाएर लगेको उनको आरोप छ ।
ठिमीबाट अपहरण गरेर बोडे हुँदै मूलपानीचौर पुर्याएको थियो भने त्यहाँबाट बौद्ध निस्केर फेरि फर्काएर जडिबुडी लगेर दरवार मार्ग पुर्याएको देवसिंले बताएका छन् । दरवार मार्ग हुँदै ठमेलबाट सामाखोशी बर्गर हाउसमा लगेर थुनेर राखेको आरोप उनले लगाएका छन् ।
ट्याक्सी भित्र देवसिंलाई कोहीसँग पनि सम्पर्क गर्न नदिएको र ज्यानमार्ने धम्कीमात्र दिइरहेको बताए । उनको मोवाइल समेत कब्जामा लिएको थियो । ‘मैले माला ब्यापार गर्दै आएको छु । मलाई कमिसन मागे । मैले ठाडै इन्कार गरें ।’ उनले भने, ‘मेरो मोवाइल पनि खोसे । कोहीसँग सम्पर्क गर्नै पाएन । ट्याक्सीमा साँढे ३ घण्टा घुमाउँदा ज्यानमार्ने धम्की दियो । मानसिक यातना दिने काम भयो ।’ वर्गर हाउसमा ८ः३० बजे पुर्याएपछि उनले १०० मा कल गरेर प्रहरीलाई जानकारी दिएको थियो । जानकारी पाउन साथ चक्रपथ प्रहरी बृत्तबाट आएको प्रहरीले उनीहरुलाई पक्राउ जनाएको छ ।
विगत लामो समयदेखि गुण्डागर्दीमा संलग्न हुँदै आएको आरोप लागेका भोज र असलाल नेपाली काँग्रेसका कार्यकर्ता भएको थाहा भएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















