तेमाल– ‘जनतासँग माओवादीः विशेषा रुपान्तरण अभियान’ अन्तर्ग नेकपा (माओवादी केन्द्र) तेमाल गाउँपालिकाकाे विभिन्न टाेलहरुमा संगठन विस्तारमा लागेकाे छ । तेमालकाे प्रत्येक टाेलटाेलमा पुगेका उनीहरुले साेमवार वडा नं ८ काे भाेर्ज्याङमा टाेल कमिटी निर्माण गरेकाे छ ।

भोर्ज्याङ गाउँ टोल भेलाबाट कुलदास तामाङ थिङकाे अध्यक्षतामा १५ सदस्यीय टाेल किमटी निर्माण गरेकाे छ । माओवादी केन्द्रकाे जिल्ला अध्यक्ष भाेला अर्यालकाे प्रमुख आतिथ्यतामा सम्पन्न साे भेलाले सचिवमा केशरी कामी, सदस्यहरुमा ललिता कामी, सन्चबिर तामाङ, दिल बहादुर कामी,  संकर वि.क, आयुस तामाङ, मिमलाल तामाङ,केशव त्रिपाठी, श्याम मैनाली, कान्छी वि.क,  कुमारी वि.क, रोजिना वि.क, माइला कामी, सानुमाया वि.क रहेका छन् ।

भेलामा पार्टी जिल्ला सदस्य कुवेश सिं दाेङ, यज्ञ पन्त, नेताहरु बेनीबहादुर श्रेष्ठ, कुमार घिसिङ, धनसिं तामाङ, वडा कमिटी अध्यक्ष वीरबहादुर तामाङ लगायतका सहभागी थियाे ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।