भक्तपुर– काभ्रे जिल्ला प्रतिनिधि सभा १ का सदस्य सांसद सूर्यमान दोङ (लालध्वज) भक्तपुर सडक डिभिजन कार्यालयमा पुगेका छन् । काभ्रेका विभिन्न सडक आयोजनाहरुमा काम ढिलाई भएपछि सांसद दोङ सोमबार विभिजन सडक कार्यालय भक्तपुरमा पुगेका हुन् ।

कार्यालयमा पुगेर दोङले भकुण्डे–तेमाल–मेच्छे सडक, अरनिको राजमार्ग अन्तर्गत खावा तिमपिप्ले सडक, पनौती–खोपासी–तालढुङ्गा सडक बिस्तार लगायतका विषयमा बुझ्ने कार्य भएको छ । भेटमा संलग्न रहेका माओवादी केन्द्रका रोशी काठमाडौं सम्पर्क समन्वय समितिका अध्यक्ष गौरव मोक्तानका अनुसार निर्माण कार्यमा भइरहेको ढिला सुस्तीको बिषयमा छलफल भएको थियो ।

मोक्तानका अनुसार सांसद दोङले आउँदै गरेको दशै, तिहारमा जनतालाई घर जान–आउन यातायातमा अप्ठ्यरो हुन नदिन काम सूचारु गर्न समेत दोङले कार्यालयलाई निर्देशन दिएको थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।