बनेपा– काभ्रे जिल्ला प्रतिनिधि सभा क्षेत्र नं. २ बाट निर्वाचित एमालेका सांसद एवं पुर्वमन्त्री गोकुल बास्कोटाले संसदमा दिएको अभिव्यक्तिलाई लिएर जिल्लामा निक्कै चर्चा चलेको छ । मंगलबार संसदको शुन्य समयमा सांसद बाँस्कोटाले विपि राजमार्ग हुँदै महाभारत गाउँपालिका जोड्ने सडक निमार्णको विषयलाई लिएर विरुद्ध जनाउने खालको अभिव्यक्ति दिए पछि महाभारत गाउँपालिकाबासी मात्र होइन काभ्रेवासी नै अचम्मित भएका छन् ।
सांसद गोकुल बास्कोटाले काभ्रेको विकट डाँडापारी महाभारत गाउँपालिका जोड्ने सडकखण्डको काम उल्टोबाट सुरु गरेको भन्दै आपति जनाएका थिए । उनले विपि राजमार्गबाट पिन्थली, रजबस हुदै महाभारत महाभारत गाउँपालिका जोड्ने सडक खण्डको काम हेलिकोप्टर मार्फत सामाग्री लगेर काम गरेको भन्दै विरोध गरेका थिए ।
‘बीपी हाईवेबाट पिन्थली रजबास र काभ्रे जिल्लाको विकट क्षेत्र महाभारत जाने बाटो हेलिकप्टरमा सामाग्री लगेर बनाउनी हो ?’ उनले भने, ‘बाटो यताबाट जान्छ । निर्माण कार्य उताबाट शुरु भएको छ । ब्यापक सत्ताधारी पक्षले सत्ता दुरुपयोग गरेको छ ।’
यता महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले आफूले बाँसकोटालाई राम्रै नेताको रुपमा चिनेको बताउँदै संसदमा दिएको अभिव्यक्तिले आफूले सचेको कुरा भ्रम रहेको महासुस भएको बताएका छन् ।
समाजिक सञ्जाल फेसबुकमा अध्यक्ष जिम्माले भनेको छन्, ‘माननीय ज्यु म आज भ्रममा रहेछु जस्तो लागिरहेको छ किनकि मैले पटकपटक भनेको थियो कि हजुर एक काभ्रेको आशा लाग्दो नेता हुनुहुन्थ्यो तर होइन रहेछ । काभ्रेको तर्फबाट प्रतिनिधित्व गर्नु हुँदै सरकारको प्रभावशाली विभिन्न मन्त्रालय सम्हाल्नु भो मन्त्री हुनुभो महाभारतको लागि केही बोल्नु भयो र ? गर्ने कुरा त धेरै टाढाको कुरा रह्यो, नेपाल को संविधान २०७२ ले ३ तह को सरकारको स्थापना गरियो । त्यही अनुसार महाभारत गाउँपालिकाको केन्द्रबाट सदरमुकाम आउने बाटो कालोपत्रे गर्ने योजना अनुसार निरन्तरको प्रयासबाट कार्य आगडी बढ्यो ।
हाल ३ खण्डबाट काम बढाउने गरि ३४ किलोमिटर सडक कालेपत्रे हुने गरि कार्य अगाडि बढिरहेको सन्दर्भमा यसलाई प्रभावित हुने ढंगले जसरी संसदमा बिचार व्यक्त गर्नु भयो यसबाट हामीलाई दुखित तुल्याएको छ, पक्कै महाभारतको आम जनसमुदायलाई पनि, मेरो अनुरोध छ । हामीले धेरै मेहनत गरि शुरु गरिएको कामलाई डाहा होइन सहयोग गरौ ।
यो सडकलाई हामी गाउँपालिका केन्द्र जोड्ने सडक मात्रै होइन राजमार्ग बनाउने हो । त्यसैले मन्त्री ज्यू सक्नु हुन्छ भने यो बाटोको पिन्थालीबाट करिब ७ किलोमिटर खण्ड कालोपत्रे सम्मको ठेक्का लागाउन बाँकी छ । बजेटको ब्यबस्थापन गर्न सहयोग गरौ । त्यो पनि सक्नु हुन्न भने त्यो पनि हामी नै गरौंला बाँकी अनावश्यक राजनीति नगर्दै राम्रो होला कि ?
बाँकी कुरा मन्त्री ज्यु हजुरको क्षेत्र र शहरमा पिच माथी पिच थप्दा सत्ताको दुरुपयोग नहुने आज महाभारतको थुप्रै प्रयासबाट सडकको ठेक्का लाग्दा मात्र हजुरको निन्द्राहारम हुनुपर्ने चिन्ता गर्नु पर्ने कारण के ? महाभारतको चाहि बिकास हुनुपर्दैन ? कि महाभारतको बिकास गर्न खोज्दा सत्ताको दुरुपयोग हुने बुझ्न गाह्रो भयो त महोदय ?’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















