तेमाल– काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं. ७, लेखपाखामा नेपाल टेलिकमको टावर निर्माण कार्य अघि बढेको छ । गाउँपालिकाको केन्द्रमा मोवाइल नेटवर्कको पहुँच नभएपछि स्थानीय झेल्दै आएको समस्या अव समाधान हुने भएको छ ।

लामो समय देखि सूचना तथा सञ्चार विहिन तेमाल गाउँपालिकाको केन्द्र पोखरी नारायणस्थानलाई मध्यनजर गाउँपालिका अध्यक्ष चन्द्रबहादुर लामाको पहलमा सो टावर निर्माण कार्य अघि बढेको हो । तेमाल गाउँपालिका र नेपाल टेलिकमको संयुक्त पहलमा फोरजी नेटवर्क सहितको टावर निर्माण कार्य आजबाट सुरुवात भएको गाउँपालिका प्रवक्ता एवं वडा नं. ७ का वडा अध्यक्ष इन्द्रलाल तामाङले जानकारी दिएको छ ।

यस टावर ले रोशी गाउँपालिका, चौरिदेउराली गाउँपालिका, सिन्धुली र रामेछाप जिल्लाका सेवाग्राहीले समेत समेत सेवा पाउने प्रवक्ता तामाङले बताए ।

यसैबीच टावर निर्माणस्थलमा गाउँपालिका अध्यक्ष चन्द्रबहादुर तामाङ र प्रवक्ता तामाङले निरिक्षण गरेका छन् । निरिक्षणको क्रममा अध्यक्ष तामाङले तेमालका जनताले नेपाल टेलिकमको फोरजी सेवा सहितको सेवा प्राप्त हुने बताए । विगत लामो समय देखि नेटवर्कको समस्यामा रहेका जनताले चाँडै यो समस्याबाट मुक्त पाउने उनले बताए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।