रामेछाप– रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका वडा नं ७ मा रहेकाे खाँडादेवी मन्दिरको दान पेटिकमा राखिएको भेटी चोरी गरेको आरोपमा काभ्रेका एक युवक पक्राउ परेका छन् । मन्दिरको ढोका फुटाई मन्दिरभित्र राखीएको दुई वटा दान पेटिकामा रहेको भेटी चोरी गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
रामेछाप प्रहरीका अनुसार पक्राउ पर्नेमा काभ्रे जिल्लाकाे खानिखोला गाउपालिका–७ घर भएका रविन खुलाल रहेका छन् ।
खुलालले आज बिहान करिब साढे दुई बजेको समयमा खाँडादेवी मन्दिरको ढोका फुटाई मन्दिर भित्र राखिएको दान पेटिकाको भेटी चारी गरी फरार भएका थिए ।
फरार रहेका उनलाई खोजतलासको क्रममा रामेछाप प्रहरीले खाँडादेवी गाउँपालिका–३ सित्खा बजार नजिक रहेको सुनकोसी नदिको झोलुङ्गे पुलमा विहिबार बिहान साढेँ १० बजे पक्राउ गरेको हो । हाल खुलाललाई जिल्ला प्रहरी कार्यालय रामेछापमा उपस्थित गराई अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















