धुलिखेल- काभ्रे जिल्लाको धुलिखेलमा सवारी दुर्घटना हुँदा २ जना घाइते भएका छन । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार आइतबार बिहान ७३० बजेको समयमा धुलिखेल न.पा. वडा न. ३ अरनिको होटल अगाडि अरनिको राजमार्गमा दुर्घटना भएको हो ।

प्रहरीका अनुसार रामेछापबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा.५ ख. ३७३५ न.को ग्यास बोक्ने ट्रकले सोहि दिशा धुलीखेलबाट बनेपा तर्फ जाँदै गरको बा.९९.प. २८३७ न.को मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको थियो । दुर्घटनामा मोटर साइकल चालक सिन्धुपाल्चोक जिल्ला भोटेकोसी गा.पा. वडा न. १ बस्ने वर्ष २४ को सबिन श्रेष्ठ र पछाडि सवार जिल्ला बाहबिसे न.पा. वडा न. ४ बस्ने वर्ष ३२ को गौतम श्रेष्ठ घाइते भएका छन ।

घाइतेहरूको अबस्था सामान्य रहेको प्रहरीले जानकारी दिए । दुर्घटना पछि ट्रक, ट्रक चालक रामेछाप जिल्ला मन्थलि न.पा. १३ बस्ने बर्ष ३६ को सुमन लामा र मो.सा.प्रहरीले नियन्त्रणमा लिएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।