हेटौंडा– वागमती प्रदेशमा अब तामाङ र नेवार भाषा पनि सरकारी कामकाजकाे भाषा हुने भएको छ ।

आज बसेकाे प्रदेश सभाकाे बैठकले प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएपछि तामाङ र नेवार भाषा सरकारी कामकाजकाे भाषा बनेकाे हाे ।

विधेयक पारित भएपछि सङ्घीयता कार्यान्वयनमा यो ऐन महत्त्वपूर्ण कोसेढुंगा सावित हुने आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले बताएका छन् । । बागमती प्रदेशसभा सदस्यहरू हामी सबैलाई बधाई !

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।