भुम्लु–  काभ्रे जिल्लाकाे भुम्लु गाउँपालिकाकाे मुख्य ब्यापारीक केन्द्र दोलालघाटमा गुणस्तरहिन खाद्य सामग्रीको खुलेआम विक्री भैरहेको पाइएको छ । आज भुम्लु गाउँपालिकाले गरेको अनुगमनका क्रममा यस्ता थुप्रै गुणस्तरहिन खाद्य सामग्री बरामद गरिएको पालिका अध्यक्ष प्रेम बहादुर भुजेलले जानकारी दिए ।

अध्यक्ष भुजेलका अनुसार साढे १ लाखभन्दा भन्दा बढीका गुणस्तरहिन खाद्य सामग्री पालिकाले बरामद गरेको छ । सबैभन्दा बढी पेय पदार्थ गुणस्तरहिन पाईएको छ ।

बजार अनुगमन अझै सकिएको छैन् । दोलाघाटमा दुई वटा बजार क्षेत्र छन् । दुबै क्षेत्रमा कडाईका साथ बजार अनुगमन गरिने पालिका अध्यक्ष भुजेलले बताए ।

सरोकारवाला पक्ष सहितको अनुगमन टोलीले कारबाही नगरेपनि म्याद नाघेका र गुणस्तरहित खाद्य सामग्री जफत गरेको छ । पालिका अध्यक्ष भुजेलका अनुसार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयमा कारबाहीका लागि सिफारिस गर्ने गरी गुणस्तरहिन सामग्री विक्री गर्ने ब्यवसायीको विवरण संकलन गरिएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।