भुम्लु – ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ अन्तर्गत नेकपा (माओवादी केन्द्र) भुम्लुले सडक मर्मत गरेको छ । माओवादीहरुले भुम्लुको सापिङ अर्खौलेमा जनश्रमसहित सिम्थली बेखसिम्ले जाने सडक मर्मत सम्भार र सोलिङ गर्ने काम सम्पन्न गरेको छ ।
माओवादी केन्द्रीय सदस्य एवं संविधान सभा सदस्य लक्ष्मी गुरुङको समेत उपस्थिति रहेको उक्त श्रमदान कार्यक्रममा माओवादी केन्द्र बागमती प्रदेश सदस्य नबिन तामाङ, गाउँ पालिकाको अध्यक्ष प्रेम बहादुर भुजेल, जिल्ला समन्वय समितिका सदस्य कमल राज गिरी, वडा अध्यक्ष लेखनाथ श्रेष्ठ, जिल्ला सदस्य द्वय नम्रता लामा, सन्त बहादुर लामा, पालिकाको युवा नेता सञ्जय लामा र योङ कम्युनिष्ट लीग नेपाल पलिकाको नेता बिशाल पहरी लगायत माओवादी नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।
जनश्रममा सहभागि केन्द्रीय सदस्य लक्ष्मी गुरुङले स्थानिय जन शक्ति र स्रोत साधन प्रयोग गरी काम गर्न सके बिकासको माध्यमबाट राष्ट्र निर्माणमा टेवा पुग्ने बताए । जनश्रममा सहभागि जिल्ला समन्वय समितिका सदस्य कमल राज गिरीले यस्ता खाले श्रमदान गर्ने हो भने बिकास निर्माणको लागि राज्यको मुख ताक्न नपर्ने बताए । पालिकाको अध्यक्ष प्रेम बहादुर भुजेलले यस्तो जनश्रम कार्यक्रमले सामुहिक भावनाको सुदृढिकरणसँगै समाजवादी चेतनाको बिकास हुने भन्दै वडा नम्बर ७ को घारीखेत कृषि सडक समेत माओवादी केन्द्रले जनश्रमको माध्यमबाट मर्मत सम्भार गरिसकेको बताए ।
भुम्लु गाउँपालिकामा भदौ १६ गतेदेखि शुरू भएको अभियानले जनतामा माओवादीप्रतिको विश्वास बढेको स्थानियले प्रतिक्रिया दिएका छन् । उनीहरूले माओवादीप्रति धन्यवाद व्यक्त गरेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















