धुलिखेल- काभ्रे जिल्लाको पाँचखाल नगरपालिका वडा नं. ६ मा रहेको चामुण्डा पेट्रोल पम्प स्थित अरनिको राजमार्ग सडक खण्डमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन ।मृत्यु हुनेमा सोही वडा निवासी वर्ष ५० को नारायण तिमल्सिना रहेका छन ।
आज साँझ ६:४० बजे पाँचखालबाट धुलिखेल तर्फ जादै गरेको बा ७२ प ९७६२ नं. को मोटरसाइकल र बिपरित दिशाबाट आउदै गरेको बा. प्र.०२-०२४ प २५०१ नं. को स्कुटर एक आपसमा ठक्कर खाएको थियो ।
मोटरसाइकल चालक तिमल्सिना सडकमा लडि रहेको अबस्थामा पांचखालबाट धुलिखेल तर्फ आउदै गरेको बा.प्र.०१-००४क २३२८ नं. को टिफरले ठक्कर दिएपछि उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा नाम थर वनत नखुलेको ३ जना घाईतेहरुलाई उपचारको लागि धुलिखेल अस्पताल पठाईएको प्रहरीले जनाएको छ ।
टिफर चालकलाई नियन्त्रणमा लिएको छ ।
दुर्घटना पछि स्थानीयले दुवै तर्फको सवारी आवागमन अवरोध गरेको र प्रहरीले खुलाउने प्रयास जारी रहेतापनि सडक खुलाउन सकेको छैन ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















