धुलिखेल– जिल्ला प्रशासन कार्यालय, काभ्रेले दशैंभरि टिपर सञ्चालन गर्न रोक लगाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले एक सूचना जारी गर्दै रोक लगाएका हुन् ।

दशैंको अवसरमा यस काभ्रे जिल्ला भएर विभिन्न जिल्लामा जाने सवारी साधनको बाक्लो आवतजावत हुने र ट्राफिक व्यवस्थापन गर्न जटिलता उत्पन्न भई यात्रा सहजीकरण गर्न दवाव पर्न जाने भएकोले टिपर सञ्चालनमा रोक लगाएको सूचनामा भनिएको छ ।

‘मिति २०८०।०७।०१ मा जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा बसेको सर्वपक्षीय वैठकबाट ‘काभ्रेपलाञ्चोक जिल्ला भित्र तथा जिल्ला भित्रको अरनिको राजमार्ग तथा विपी राजमार्गमा मिति २०८०।०७।०२ गते विहान ५ः०० बजे देखि मिति २०८०।०७।१३ गते राति ९ः०० बजेसम्म सबै निर्माण व्यावसायिका ट्रिपर संचालन गर्न रोक लगाउने’ निर्णय भएको छ । निर्णय कार्यान्वयनमा सहजीकरण गर्न सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’ सूचनामा भनिएको छ ।

यस्ताे छ सूचनाः

आफ्नो अमुल्य प्रतिकृय राख्नुहोला