पाँचखाल– काभ्रे जिल्लाको पाँचखाल नगरपालिका वडा नं. ४ समाजकल्याण चोकमा आगलागी हुँदा ४ वटा कपडा पसल पूर्ण रुपमा नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार आज विहान करिब ६ः१५ बजे सो चोक स्थित उद्धव प्रसाद तिमल्सिनाको घरको सटरमा अचाजन विद्युत सर्ट भइ आगलागी भएको हो ।

प्रहरीका अनुसार सो घरमा रहेको ९ सटर मध्ये ४ वटा कपडापसल पुर्ण रुपमा जली नष्ट भएको छ भने ३ वटा होटल, १ मोबाईल पसल र १ मासु पसल सटरमा अंशिक क्षेति भएको जनाएको छ । मानवीय क्षेति भने नभएको प्रहरीले जनाएको छ ।

आगो नियन्त्रणमा लिनका लागि स्थानीयबासी, नेपाल प्रहरी, शसस्त्र प्रहरी दम्कल लिएर पुगेको छ । प्रहरीका अनुसार पूर्ण विवरण भने आउन बाँकी छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।