इन्दा योञ्जन तामाङ, कुवेत प्रतिनिधि
कुवेत । वैदेशिक रोजगारको सिलसिलामा कुवेत पुगेका एक नेपालीको मृत्यु भएपछि शव नेपाल ल्याउन समस्या भएको छ । उनको परिवार सम्पर्कमा नआउँदा शव नेपाल ल्याउन समस्या भएको हो ।
मृत्यु हुनेमा कुन्डुले–२ कल्पबृक्ष, सिन्धुली घर भएका पदम बहादुर स्याङ्ताङ का छोरा बर्ष २५ का रामबहादुर स्याङताङ रहेका छन् ।
आफू कार्यरत इनास कम्पनी छोडेर ‘इलिगल’ भै काम गर्दै आएका राम बहादुर स्याङ्ताङ को जेष्ठ २३ गते (तदनुसार ०२÷०६÷२०१८) का दिन मृत्यु भएको थाहा भएको छ ।
रामबहादुरलाई चिन्ने नेपालीहरुले नेपाली दूतावास कुवेत वा लुम्बिनी समाज नेपाल कुवेत परिवारसँग सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।
यस्तो छ उनको बुबाको नाम सहितको ठेगानाः

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
























