बनेपा– नेत्र विक्रम चन्द (विप्लब) नेतृत्वका नेकपाका केन्द्रिय सदस्य तथा काभ्रे जिल्ला इन्चार्ज विन्दु सीले एमाले बनेपा नगर अध्यक्ष रत्नकुश रन्जितकारलाई कार्वाही गर्ने चेतावनी दिएका छन् । डा. डिल्लीराज रिजाललाई जग्गा किनबेचमा ठगी गरेको उजुरी पार्टीमा परेको भन्दै इन्चार्ज विन्दु सीले कार्वाहीको चेतावनी दिएका हुन् ।

बनेपा–१० स्थित जनगालमा डा. रिजालको जग्गा बेचबिखनको क्रममा रन्जितकारले ठगी गरेको उजुरी नेकपाको केन्द्रिय न्याय विभागमा दर्ता गरेसँगै आफूहरुले रन्जितकारसँग बारम्बार सम्पर्क गरेको बताउँदै रन्जितकारले आफूहरुसँग भेट्न नचाहेको बताए ।

रत्नकुशको विषयमा आफूहरुले अध्ययन गरिरहेको बताउँदै उनले दम्भ नदेखाउन समेत आग्राह गरे । ‘रत्नकुशको विषयमा हामीले अध्ययन गरिरहेका छौं । रत्न कुश कस्तो खालको व्यक्ति हो ? सम्पतिको विवरण पनि लिइरहेका छौ । विद्यालय देखि धेरै विषयको अध्ययन गरिरहेका छौं ।’ उनले भने, ‘आफ्नो दम्भ देखाउँदै हिंड्ने खालको मान्छे रहेछ । केन्द्रिय न्याय विभागले हेरेको छ यो मुद्दा । अझै छलफलमा आउनुहोस् । टेबुलमा बसौं । पिडामा परेका जनता आफ्नो पिडा बोकेर आउँछ भने आफ्नो तरिकाले पार्टीले अगाडि बढाउँछ र जनतालाई न्याय दिनेछौं ।’

सम्पर्कमा नआए पार्टीको निर्देशन जे आउँछ त्यही गर्ने उनले बताए । ‘फेरि पनि हामी रत्नकुश ज्यूलाई टेबुलमा आउन अनुरोध गर्दछौं । यदि आउनु भएन भने पार्टीको माथिबाट जे निर्देशन आउँछ हामी त्यहीं गर्छौं ।’ उनले भने, ‘हामी डा. रिजाललाई न्याय दिलाएरै छाड्छौं ।’

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।